सुदूरपश्चिमको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना

weather update
सुदूर प्रेस संवाददाता

धनगढी– सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आज हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पानी पार्ने कुनै प्रणाली नभए पनि स्थानीय वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार वाग्मती र प्रदेश २ बाहेकका अरु ठाउँमा आज दिनभर नै बादल लाग्ने सम्भावना छ ।

घाम लागिहाले पनि फेरि एकैछिनमा बादल लाग्ने भएकाले यी ठाउँमा आज अधिकतम तापक्रम पनि घट्न सक्ने अनुमान छ ।  वाग्मती र प्रदेश २ को मौसम भने सामान्यतया सफा नै रहनेछ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले केही दिनदेखि चिसो बढ्न थालेको छ । 

प्रकाशित:
2020/11/02, 7:30