धनगढी उप–महानगरपालिकाद्धारा ५ हजार ८ सय ६८ को निःशुल्क पिसिआर परीक्षण 

Corona Update

धनगढी–धनगढी उप–महानगरपालिकाले आइतबार सम्म लक्षण देखिएका र कनट्र्याक्ट ट्रेसिङका आधारमा ५ हजार ८ सय ६८ जनाको निःशुल्क पिसिआर परीक्षण गरेको छ ।

नगर क्षेत्रमा ट्राभल हिस्ट्री नभएका व्यक्तिमा कोरोना सङ्क्रमण देखिए पछि झन्डै ३ महिना देखि पिसिआर परीक्षण गरिरहेको छ । सुरुमा विभिन्न वडामा स्वाबको नमुना सङ्कलनका लागि क्याम्प सञ्चालन गरिएको नगरप्रमुख नृपबहादुर वडले बताए । अहिले धनगढी उप–महानगरपालिकाले आफ्नै स्वाब सङ्कलन केन्द्रबाट स्वाब सङ्कलन गरिरहेको पनि नगरप्रमुख वडले बताए ।

स्वाब दिनेहरूमा सङ्क्रमित भेटिएका परिवारका सदस्य, प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरू नै बढी भएको स्वास्थ्य शाखाका अधिकृत लक्ष्मीराज उपाध्यायले बताए । उनले भने, क्याम्पमा कोरोना पोजेटिभ रहेकाहरूको फलो अप परीक्षणका लागि स्वाब सङ्कलन गर्ने काम पनि भइरहेको छ  । धनगढीमा अहिले सम्म १ हजार ४ सय ९ जनामा कोरोनाको सङ्क्रमण रहेको अहेव दीपक सुनारले बताए । १ हजार १ सय ९३ जना कोरोना निको भएर घर फर्किएका छन् । कोरोना सङ्क्रमितहरू सक्रिय केश ८ सय ८ जना छन् । अहिले सम्म धनगढीमा ८ जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ ।

प्रकाशित:
2020/11/02, 3:56