कैलालीको घोडाघोडीका मेयर चौधरीलाई कोरोना पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीलाई कोरोना संक्रमण भएको छ । कात्तिकमा १४ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा सोमबार उनीसहित नगरपालिकाका अन्य ४ जना कर्मचारीलाई भाइरसको संक्रमण पुष्टि भएको हो । नगरप्रमुख चौधरीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । 

प्रकाशित:
2020/11/02, 4:46