५५ वर्षका भए शाहरुख खान

khan

एजेन्सी–बलिउडमा किंग अफ रोमान्सु भनेर चिनिने सुपरस्टार शाहरुख खान २ नोभेम्बरमा ५५ वर्षका भएका छन्। उनका फ्यानका लागि उनको जन्मदिन उत्सव समान हुन्छ । हरेक वर्ष शाहरुखका हजारौं फ्यानहरु उनको जन्मदिनको दिन आफ्नो सुपरस्टारलाई एकपटक हेर्न कै लागि उनको घरको अगाडि घन्टौं उभिन्छन्। 

शाहरुख खान पनि हरेक वर्ष उनीहरुलाई भेट्छन् । तर यो वर्ष कोरोना महामारीको कारणले शाहरुखले आफ्ना फ्यानलाई भर्चुअल माध्यमबाट भेटेका छन्। 

टेलिभिजनको सुनौलो समयमा अभिनयको दुनियाँमाा पाइला टेकेका उनले फौजी र सर्कसबाट आफ्नो करियर सुरु गरेका थिए। आफ्नो ३० वर्षको सिनेमा यात्रामा उनले कयौं राम्रा फिल्ममा अभिनय गरेका छन् जसले बलिउडमा गहिरो छाप छाडेको छ। 

प्रकाशित:
2020/11/02, 8:16