धनगढीमा गरिएको परीक्षणमा आज थप २० जनामा कोरोना सङ्क्रमण

Corona Update

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा २ सय ७८ जनाको परीक्षण गरिएकोमा २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकार दिलीप कुमार श्रेष्ठले बताए । 

आज धनगढी उपमहानगरपालिकाका १४ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए। धनगढीको वडा नम्बर  ५ का ७ जना, वडा नम्बर १ का ४ जना, त्यसै गरी वडा नम्बर २, ३ र ७ का एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

कैलालीकै गोदावरी नगरपालिकाका ३ जना, यस्तै कञ्चनपुरको बेदकोट नगरपालिका–१, बैतडीको दशरथ चन्द नगरपालिका–३ र दार्चुलाको महाकाली नगरपालिका खलङ्गा एक एक जनामा  सङ्क्रमण पुष्टि भएको छ ।  

No photo description available.

प्रकाशित:
2020/11/03, 3:51