नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्‍यो

पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु
Corona Update
सुदूर प्रेस संवाददाता

काठमाडौँ–नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।  पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ४ पुगेको हो ।

मंगलबार थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, ३ हजार १ सय ४२ संक्रमित निको भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ८० हजार ९७८ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ११ हजार १६६ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार २७७ जना रहेका छन् ।

प्रकाशित:
२०७७ कार्तिक १८, ०५:४४
SPA
KN
Priya Gahana Pasal