दानवीर तथा वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारी सम्मानित

samman
सुदूर प्रेस संवाददाता

धनगढी–डोटीको जोरायल गाउँपालिका– ३, चनकट्टे स्थित शिवपुर माध्यमिक विद्यालयको तर्फबाट  दानवीर तथा वरिष्ठ समाजसेवी बद्रीनाथ भण्डारीलाई मङ्गलवार भव्य समारोहका बिच आज सम्मान गरिएको छ ।  पुर्ख्यौली थलो डोटी जिल्लाको निरौली भई हाल धनगढीमा बस्दै आएका दानवीर भण्डारीले शिवपुर मा.वि.जोरायल चनकट्टेलाई २०७५ सालमा मञ्च निर्माणार्थ आर्थिक सहयोग प्रदान गरेका थिए । सोही बापत उनलाई सम्मानित गरिएको हो ।  दानवीर भण्डारीले  यसका अलावा विभिन्न शैक्षिक, धार्मिक, प्राज्ञिक एवम् सांस्कृतिक सङ्घ–संस्थाहरूलाई झन्डै तीन करोड रुपैयाँ जति आर्थिक सहयोग गरी सकेका छन् ।  आज अत्तरिया स्थित श्री प्रतिभा सामुदायिक पुस्तकालयको सभा हलमा आयोजित उक्त सम्मान कार्यक्रममा आमन्त्रित अतिथिहरूका अलावा शिवपुर मा.वि.का शिक्षक अभिभावक सङ्घका अध्यक्ष दलबहादुर साउद लगायतले आ–आफ्नो मन्तव्य व्यक्त गरी भण्डारीको सम्मान गरेका थिए ।

शिवपुर मा.वि.जोरायलका अध्यक्ष यादवराज अवस्थीको सभापतित्वमा आयोजित सम्मान कार्यक्रमका प्रमुख अतिथि कैलाली जन पुस्तकालयका अध्यक्ष डा. टी एन. जोशी थिए । त्यस्तै विशिष्ट अतिथिमा राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालका सुप.प्रदेश समिति अध्यक्ष लिलाधर बास्कोटा थिए । कार्यक्रमको सञ्चालन शिवपुर मा.वि.का प्र.अ.निर्मल कुमार रावतले गरेका हुन ।  कार्यक्रममा वरिष्ठ साहित्यकार निर्मल कुमार भण्डारीले बद्रीनाथ भण्डारीको जीवनीमाथि प्रकाश पारेका थिए । 

Image may contain: one or more people and indoorImage may contain: 1 person, sitting and indoorImage may contain: 2 people, people standing, shoes and indoorImage may contain: 2 people

 

प्रकाशित:
2020/11/03, 7:08