धनगढीमा सडक बिस्तारका लागि घर धनी आफै भत्काउन थाले संरचना

सुदूर प्रेस संवाददाता

धनगढी–क्षेत्रीय शहरी विकास आयोजना अन्तरका सडकहरू विस्तारका लागि धनगढीका घरधनीहरू सडक क्षेत्राधिकार भित्र पर्ने संरचनाहरू भत्काउन थालेका छन् ।
नगरका सडकहरू फराकिला बनाउनका लागि घरधनीहरू सडक क्षेत्राधिकार भित्र पर्ने पर्खाल, घर, टहराहरू भत्काउन थालेका हुन । बुधवार मात्रै धनगढी उप–महानगरपालिका वडा नं २ का ९ जना घरधनी र वडा नं ५ का ४ जना घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । वडा नं २ मा निर्माण भइरहेको गुल्म–चर्च सडक १० मिटर फराकिलो बन्दै छ भने वडा नं ५ भएर निर्माण गरिने क्याम्पस रोड– चटकपुर सडक १६ मिटर फराकिलो बनाइँदै छ ।  घरधनीले संरचना भत्काउँदा नगर प्रमुख नृपबहादुर वड, उप–प्रमुख सुशीला मिश्र भट्ट, उप–महानगरका डिभिजन इन्जिनियर स्वयं उपस्थित भएर सडक क्षेत्र छुट्टाउने काममा सहयोग गरेका थिए । 
घरधनीहरू आफै घन, सावल लिएर संरचना भत्काउन थालेको नगरप्रमुख नृपबहादुर वडले बताए । नगरवासीले सडक बिस्तारका लागि गरेको सहयोगले क्षेत्रीय शहरी विकास आयोजनाहरू समयमै सम्पन्न हुनेमा ढुक्क छौँ,नगरप्रमुख वडले भने, स्थानीयको सहयोग बिना कुनै पनि ठाउँको विकास गर्न सकिँदैन । उप–महानगरपालिकाले सडक क्षेत्राधिकारमा पर्ने संरचना भत्काउने घरधनीलाई आदर्श नगरवासीको रूपमा सम्मान गर्ने,भत्काएको भागको नक्सा पासमा कर छुट गर्ने, सोही भागमा रंगरोगन गर्दा सहयोग गर्ने निर्णय गरेको  नगरप्रमुख वडले बताए । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले धनगढीका नगरवासी विकासका लागि हातेमालो गर्छन् भन्ने सन्देश दिएको बताइन । उनले भनिन्, यस्तै सहयोग भए दोस्रो चरणका सडकहरू पनि चाडै निर्माण हुनेछन् ।
सडक विस्तारका लागि आफ्नो क्याम्पसको कम्पाउन्ड आफै भत्काएर सहयोग गरेका सुदूरपश्चिम एकेडेमीका सञ्चालन शुवास शाहीले नगरको विकासका लागि सहयोग पुगोस् भनेर आफैले संरचना भत्काउन सुरु गरेको बताए । ‘ सडक नगरवासीका लागि बन्दै छ , शाहीले भने, ‘ त्यसैले सडक क्षेत्राधिकारमा संरचना पर्ने घरधनीलाई सहयोग गर्न म अनुरोध गर्दछु ।’ नगर समृद्ध हुनका लागि नगरवासीको सहयोग आवश्यक रहने पनि शाहीले   बताए ।
धनगढी उप–महानगरपालिका वडा नं ५ तारा नगरका गम्भीर सिंह बमले नगरको विकासमा कसैले अवरोध गर्न नहुने घर धनी बमले बताए । ‘क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतको यो सडक १६ मिटरको बन्दै छ बमले भने, थोरै क्षेत्राधिकारमा मेरो संरचना पर्ने भएकाले मैले पक्की घर आफै भत्काउन सुरु गरेको छु । 
क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरी २०७७ साल असार २८ गते सम्झौता भएको उप–महानगरपालिकाका डिभिनल इन्जिनियर दिजराज भट्टले बताए ।  उनले भने, जसमा गुल्म –चर्च रोड (२ हजार ७ मिटर) , धनगढी मेन रोड , ट्राफिक चौराहा देखि –कैलाली नाला ( १ हजार ३ सय ८० मिटर) , हुलाकी सडक–क्याम्पस रोड– जाखोरताल ( ७ सय मिटर) , क्याम्पस रोड– चटकपुर ( ३ हजार ६ सय ५० मिटर) , धनगढी – खुटिया स्याउले रोड ( ८ सय ७० मिटर ) , मालपोत रोड ( ४ सय ३० मिटर र हसनपुर रोड ( १ हजार १ सय ५० मिटर) रहेको छ ।

जसले आफ्नो घर आफै भत्काए

क्षेत्रीय शहरी विकास आयोजना अन्तरगतका सडकहरू बिस्तारको काम अगाडी बढ्ने भएपछि धनगढीमा बुधवार मात्रै एक दर्जन बढी घरधनीले संरचना भत्काउन सुरु गरेका छन् । उप–महानगरपालिमा सडक बिस्तारका लागि आफै संरचना भत्काउने आदर्श नगरवासी यी थिए ।

१) सुवास शाही,  धनगढी उप–महानगरपालिका वडा नं २ 

२) जनकराज जोशी,  उप–महानगरपालिका वडा नं २ ।

३) सुरेश बहादुर सिंह,  उप–महानगरपालिका वडा नं २ 

४) जी.एम.स्लाम,  उप–महानगरपालिका वडा नं २ 

५) सुरेश पन्त , उप–महानगरपालिका वडा नं २ 

६) मान बहादुर चौधरी,  उप–महानगरपालिका वडा नं २ वडा सदस्य 

७) किरण शाह उप–महानगरपालिका वडा नं २ 

८) अर्जुनबहादुर स्वाँर उप–महानगरपालिका वडा नं २ 

९) गम्भीर सिंह बम , धनगढी उप–महानगरपालिका वडा नं ५ 

१०) जोगराम चौधरी , धनगढी उप–महानगरपालिका वडा नं ५ 

११) हरी दत्त भट्ट , धनगढी उप–महानगरपालिका वडा नं ५ 

१२) बहादुर सिंह खत्री , धनगढी उप–महानगरपालिका वडा नं ५ 

 

प्रकाशित:
2020/11/04, 7:51
SPA
KN
Priya Gahana Pasal