धनगढीमा गरिएको परीक्षणमा आज थप ७० जनामा  कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ७० जनामा  कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा  सेती प्रादेशिक अस्पतालमा ४ सय ३२ जनाको परीक्षण गरिएकोमा ७० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । आज धनगढी उपमहानगरपालिकाका ४३ जनामा सङ्क्रमण पुष्टि भएको उनले जानकारी दिए।  धनगढीको वडा नम्बर ५ का ११ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ७ का ६ जना, वडा नम्बर ३ का ५ जना र वडा नम्बर २, ४ र ८ का ४र४ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यस्तै वडा नम्बर ६ र ठेगाना नखुलेका १र१ जनामा समेत कोरोना पुष्टि भएको छ ।  टीकापुर नगरपालिकाका ११ जना, गौरीगंगा नगरपालिकाका ५ जना, गोदावरी नगरपालिकाका २ जना, जानकी गाउँपालिकाका १ जना र ठेगाना नखुलेका ५ जनामा समेत कोरोना पुष्टि भएको छ । 

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना र भीमदत्त नगरपालिकाका १ जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

प्रकाशित:
2020/11/05, 7:17