गहुँ छर्ने बेला कृषकलाई मलको अभाव,उब्जनी घटने चिन्ता 

mal abhab
सुदूर प्रेस संवाददाता

धनबहादुर बिक  कञ्चनपुर–गहुँ छर्ने बेलामा पर्याप्त मात्रामा मल अभाव भएपछि कैलाली, कञ्चनपुरका कृषक हरू समस्यामा परेका छन् । दस देखि पन्ध्र बोरी युरिया मल चाहिने कृषकलाई एक बोरी मल मात्र वितरण गरिए पछि कृषक हरू समस्यामा परेका हुन । 

कतिपय किसानहरू मल आएको सूचना समयमा जानकारी नपाउँदा सहकारी सम्म आएर खालि हात फर्किनुपरेको छ । 

जिल्ला भरि मल वितरण गर्ने जिम्मा पाएको साल्टट्रेडिङ ले सीमित कोटाको मल जिल्लाभरिका किसानहरूलाई सबैको चित्त बुझाउने किसिमले वितरण गर्नुपर्ने बाध्यताले किसानहरूले आवस्यक्ता अनुसार मल पाउन नसकेको पुनर्वास नगरपालिका स्थित पुनर्वास सहकारी संस्था लिमिटेड का व्यवस्थापक एक कुमार श्रेष्ठ बताउनुहुन्छ । सहकारी लाई प्राप्त एक सय बोरी युरिया एक किसानलाई एक बोरिका दरले वितरण गरिएको श्रेष्ठले बताए । 

सुदूरपश्चिम प्रदेश सरकारले छुट्टाइएको कोटा अनुसार साल्टट्रेडिङ कञ्चनपुर लाई प्राप्त ९ सय ४२ टन युरिया मल मध्ये मङ्गलवार सम्म ८ सय ८२ टन जिल्लाका ८० वटा डिलर मार्फत किसानलाई वितरण गरिसकिएको ६० टन गोदाममा स्टक राखिएको साल्टट्रेडिङ कञ्चनपुर का निमित्त प्रमुख दीपक भट्ट ले बताए ।  

जिल्लाभरि ८० डिलर रहेकोमा पुनर्वास मा मात्रै १३ वटा सहकारी ले मलको डिलर सिप लिएका छन् खेतीयोग्य जग्गाको आकलन गर्दा एक सिजनमा ३६ सय बोरी युरिया मल आवश्यक रहेको पुनर्वास मा डिलर लिने १३ सहकारी ले कोटाको आधारमा १०० बोरी का दरले १३ सय बोरी मात्रै पाएका छन् ।  

व्यवसायीक कृषि मा विगत दश वर्षदेखि सक्रिय रहँदै आएका पुनर्वास का सफल कृषक केशव रिजाल मलको अभावमा अन्य कृषक भन्दा बढी मर्कामा परेको बताउँछन् । 

आफ्नो निजी खेतबारी र ठेक्का बटैया गरी १५ बिगाह गहुँ छर्ने निर्णय गरेका केशवले सहकारी बाट एक बोरी मात्रै मल पाउँदा रूनुन हाँस्नु हुनुपरेको दुखेसो पोखे । 

एक बोरी मलले १० कठ्ठा बारिमा मात्र पुग्ने किसानहरू बताउँछन् । १२ बोरी युरिया ले पनि नपुगेर थप्नु पर्थ्यो अहिले एक बोरी युरिया ले कसरी पुर्‍याउने पुनर्वास नगरपालिका ५ का कृषक राम अवतार रानाले दुःख व्यक्त गरे । 

पहिला गुणस्तर नभए पनि भारतबाट ल्याएर भए पनि गहुबालीमा छरिन्थ्यो तर नेपाल भारत नाका बन्दले गर्दा ल्याउन नसकिएको अर्का किसान मुलचन्द रानाले गुनासो गरे । 

सरकारले किसानलाई आवस्यक्ताअनुसारको मल खाद उपलब्ध गराउन सक्नुप¥यो होइन भने भारतबाट भएनि सहज रूपमा भित्र्याउने वातावरण गराइदिनुपर्ने किसानहरूले माग गरेका छन् ।

 

प्रकाशित:
2020/11/06, 7:24