धनगढीका व्यापारीको भारतमा सवारी दुर्घटनामा मृत्यु

death

धनगढी–धनगढीका एक जना व्यापारीको भारतमा सवारी दुर्घटनामा परि मृत्यु भएको छ । नेपाल अटो मोवाईल प्रालिका सञ्चालक कुमार गड्तोलाको सवारी दुर्घटनामा परि भारतमा मृत्यु भएको हो ।

दिल्लीबाट धनगढी आउने क्रममा भारतको हापुर भन्ने स्थानमा दुर्घटना हुँदा घाईते भएका गड्तोलाको दिल्लीमै उपचारका क्रममा मृत्यु भएको हो ।

उनी सवार जीपलाई ट्रकले ठक्कर दिएपछि उनी गम्भीर घाईते भएका थिए । उनको स्थायी घर धादिङ हो । 

प्रकाशित:
2020/11/06, 2:56