धनगढी–कोरोना सङ्क्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागी आज काठमाडौँ लगिएको छ । स्वास्थ्य अवस्थामा सुधार नआएपछि सिम्रिक एयरको हेलिकप्टर मार्फत मार्फत मन्त्री शाहलाई काठमाडौँ लगिएको हो । कार्तिक १५ गते कोरोना पुष्टि भएका मन्त्री शाह होम आइसोलेसनमै बसेका थिए । शाहको स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा भर्ना गरिएको थियो । अस्थायी अस्पतालमा उपचारपछि साँझ डिस्चार्ज भएका शाह धनगढीस्थित सरकारी निवासमै आइसोलेसनमा बसेका थिए तर मन्त्रीको स्वास्थ्यमा सुधार देखिएन । एक स्वास्थ्यकर्मीका अनुसार मन्त्रीको नाकबाट अत्यधिक रक्तस्राव भएपछि काठमाडौँ पठाउने निर्णय गरिएको हो । मन्त्रीकी पत्नीलाई पनि कोरोना पुष्टि भएको थियो । यद्यपि उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
आजको मिति