सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सङ्क्रमित मध्ये ४१ जना धनगढीका
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ८२ जनाको परीक्षण गरिएकोमा १ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह  कार्कीले जानकारी दिए । आज सबै भन्दा बढी धनगढीमा गरिएको परीक्षणमा ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै डडेलधुरामा ५ जना,बझाङमा ४ जना अछाममा २ जना र डोटीमा १ जना गरी १ सय ७ जनामा सङ्क्रमण पुष्टि भएको कार्कीले बताए । यो सँगै सुदूरपश्चिम प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या ९ हजार ८ सय ७७ पुगेको छ । ती मध्ये ८ हजार ३ सय ७९ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टमा १ जना कोरोना संक्रमितकोे मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत  कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता ७३ वर्षीय नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको  थियो । यो सँगै कोरोनाका कारण प्रदेशमा मृत्यु हुनेको २५ पुगेको  स्वास्थ्य महाशाखा प्रमुख कार्कीले जानकारी दिए । 

धनगढीका विभिन्न वडाका ४१ जनामा सङ्क्रमण पुष्टि

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । धनगढीको वडा नम्बर १ का ८ जना, वडा नम्बर २ का ९ जना वडा नम्बर ३ का ५ जना, वडा नम्बर ४ का ६ जना, वडा नम्बर ५ का ४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।  यस्तै वडा नम्बर ६,र १२  तथा वडा नखुलेका २र२ जना, वडा नम्बर ८, ९ र १० का १र१ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । 

 

प्रकाशित:
2020/11/06, 8:03