कैलालीमा फेरी २ जना कोरोना सङ्क्रमितको मृत्यु,सेनाले शव  व्यवस्थापन गर्दै

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा फेरी २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।  टीकापुर नगरपालिका–१ का ३९ वर्षीय १ पुरुष र बर्दगोरिया गाउँपालिका–४ की ५९ बर्सिया महिलाको कोरोना सङ्क्रमणबाट गए राती  मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पुष्टि गरे ।  टिकापुरका पुरुषलाई कार्तिक १५ गते र बर्दगोरीया कि महिला लाई १९ गते कोरोना पुष्टि भएको थियो । सङ्क्रमण पछि दुवै घरमै बस्दै आएका थिए । दुवै जनाको नेपाली सेनाले शव  व्यवस्थापन गर्दै छ । अहिले टिकापुरमा शव व्यवस्थापनका लागी सेनाको टोली पुगी सकेको छ । त्यसपछि बर्दगोरीया आएर शव  व्यवस्थापन गर्ने जोशीले जानकारी दिए । 

यस अघि हिजो कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता नरेन्द्रबहादुर शाहको मृत्यु भएको थियो । यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा कैलालीको टिकापुर नगरपालिका–१ की ५६ बर्सिया महिलाको उपचारको क्रममा शुक्रवार मृत्यु भएको थियो । 

 

प्रकाशित:
2020/11/07, 12:54