सुदूरपश्चिम प्रदेशमा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

सङ्क्रमित मध्ये २५ जना कैलालीका
Corona Update

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी र बझाङमा गरिएको परीक्षणमा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले जानकारी दिए । धनगढीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ७८ जनाको परीक्षण गरिएकोमा ४० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए ।  धनगढीमा गरिएको परीक्षणमा टीकापुर नगरपालिकाका १३ जना, धनगढी उपमहानगरपालिकाका ७ जना, यस्तै जोशीपुर गाउँपालिका, घोडाघोडी नगरपालिका  र मोहन्याल गाउँपालिकाका एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  यस्तै कैलालीका ठेगाना नखुलेका २ जनामा  पनि सङ्क्रमण देखिएको छ । भीमदत्त नगरपालिकाका ७ जना, पुनर्वास नगरपालिका, बेल्डाडी गाउँपालिका, कृष्णपुर नगरपालिकाका र बेलौरी नगरपालिकाका एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ । उता अछामका ३ जना र  डडेलधुराको परशुराम नगरपालिकाका १ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

प्रकाशित:
2020/11/07, 5:34