कैलालीमा पहिलो पटक कोरोना सङ्क्रमितको शब जलाएर अनतेष्टि गरियो

Corona Update
टिकापुरको दौलतपुर घाटमा जलाएर अनतेष्टि गरीदै । तस्बिर सौजन्यः–नेपाली सेना
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीमा पहिलो पटक आज कोरोना सङ्क्रमितको शब जलाएर अनतेष्टि गरिएको छ ।  टिकापुर नगरपालिका–१ बस्ने ५० बर्सिय भगवती प्रशाद उपाध्यायको शब टिकापुरको दौलतपुर घाटमा हिन्दु परम्परा अनुसार सेनाले जलाएर अनतेष्टि गरेको हो । यस अघि सम्म सेनाले शब लाई खाल्डोमा गाडेर अनतेष्टि गर्दै आएको थियो । तेघरीमा रहेको श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले परिवारको आग्रह अनुसार जलाएर अनतेष्टि गरेको गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।  मृतक पुरुषमा बोन म्यारो  थियो ।  कार्तिक १५ गते काठमाडौँमा गरीएको परिक्षणमा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।  त्यसपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए ।  गए राती ९ बजेर ३५ मिनेटमा उनको निधन भएको परिवारजनले बताएका छन् ।  

 

प्रकाशित:
2020/11/07, 6:22