कञ्चनपुरको पुनर्वास बाट निर्वाचित वडा  सदस्यको  मृत्यु

सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर–४ बाट निर्वाचित महिला वडा  सदस्य टीका देवी सुनार को  मृत्यु भएको छ ।  किड्नी सम्बन्धी समस्याले ग्रसित उनको आइतबार दिउँसो मृत्यु भएको वडाका अध्यक्ष प्रेम बहादुर बस्नेतले बताए । वीर अस्पताल काठमाडौँबाट नियमित उपचार गराइरहेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि बुधवार अस्पताल लगिएको थियो । डायलासिसका लागि भक्तपुर डायलासिस अस्पताल लगिएकी उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो ।  आइसियुका लागि काठमाडौँ मेडिकल कलेज लगिएकामा उपचार सम्भव नभएको भन्दै फिर्ता पठाइएको थियो । त्यहाँबाट कोहलपुर अस्पतालमा पनि आइसियु नपाई धनगढी ल्याइएको आफन्तले बताएका छन् । धनगढीको निसर्ग अस्पतालमा एक दिन मात्रै आइसियुमा राखेर घर ल्याउने क्रममै उनको मृत्यु भएको वडाध्यक्ष बस्नेतले जानकारी दिए । 

 

प्रकाशित:
2020/11/09, 10:04