धनगढीमा कोरोना सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा कोरोना सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुषको आज बिहान करिब ९ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । २१ गते देखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनमा कडा खालको निमोनिया र मिर्गौला समबन्धि समस्या थियो । यो सँगै धनगढीको कोरोना अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

 

प्रकाशित:
2020/11/09, 10:45