कैलालीको टिकापुरमा घरमै बसेका कोरोना सङ्क्रमितको मृत्यु,सेनाले शब ब्यवस्थापन गर्दै

Corona Update
फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

धनगढी–कैलालीको टिकापुरमा होम आइसोलेसनमा बसेका एक जना कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।  टीकापुर नगरपालिका– १ का ९० वर्षीय पुरुषको आज बिहान कोरोना सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताए । २० गते धनगढीमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएका उनी होम आइसोलेसनमा बसिरहेका थिए । 

धनगढीमा कोरोना सङ्क्रमणबाट आज थप एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ का ८४ वर्षीय पुरुषको आज बिहान करिब ९ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठले जानकारी दिए । २१ गते देखि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनमा कडा खालको निमोनिया र मिर्गौला समबन्धि समस्या थियो । यो सँगै धनगढीको कोरोना अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । दुबै जनाको नेपाली सेनाले शब ब्यवस्थापनको तयारी गरीरहेको छ । 

प्रकाशित:
2020/11/09, 11:51