धनगढीमा गरिएको परीक्षणमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा  ३४१ जनाको नमुना परीक्षण गर्दा थप ६३ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । आज धनगढी उपमहानगरपालिकाका २९ जनामा सङ्क्रमण देखिएको छ ।  धनगढीको वडा नम्बर ५ का १० जना, वडा नम्बर १ र २ का ५र५ जना, वडा नम्बर ३ का ४ जना, वडा नम्बर ४ र १० का २र२ जना र वडा नम्बर ८ का एक जनामा सङ्क्रमण पुष्टि भएको छ । कैलालीकै भजनी नगरपालिकाका ८ जना, गोदावरी नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिका र टीकापुर नगरपालिकाका २र२ जना, यस्तै ठेगाना नखुलेका कैलालीकै ३ जनामा समेत कोरोना पुष्टि भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिकाका ८ जना, भीमदत्त नगरपालिकाका ७ जना र अछामका एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

No photo description available.

प्रकाशित:
2020/11/09, 4:50