सुदूरपश्चिममा आज थप १ सय २९ जनामा कोरोना सङ्क्रमण,१७ जनाको आइसियुमा उपचार हुँदै

सक्रिय सङ्क्रमितको सङ्ख्या १६ सय नाघ्यो
Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा आज थप १ सय २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज सबै भन्दा बढी धनगढीमा गरिएको परीक्षणमा ६३ जना,डडेलधुरामा ३७ जना,अछाममा ६ जना, बझाङमा ९ जना र डोटीमा १४ गरी १ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीले बताए । आज सबैभन्दा बढी कैलालीमा ४७ जना,कञ्चनपुरमा १५ जना, अछाममा ८ जना,बैतडीमा ९ जना,बझाङमा १० जना, बाजुरामा ८ जना,डडेलधुरामा १४ जना र दार्चुला र डोटीमा ९ र ९ जनामा सङ्क्रमण भएको छ । यो सँगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १० हजार १ सय ५४ पुगेको छ । ८ हजार ४ सय ८५ जना निको भइसकेका छन् । अब १ हजार ६ सय ४२ जना सक्रिय सङ्क्रमित छन् । ती मध्ये ८६ जना अस्पतालमा उपचाररत छन् भने अरू घरमै बसेका छन् । १७ जनाको आइसियुमा उपचार भइरहेको छ । हाल सम्म प्रदेशमा २७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।  

 

प्रकाशित:
2020/11/09, 6:24