कैलालीमा मृत्यु भएका २ जना कोरोना सङ्क्रमितको शब नेपाली सेनाद्वारा जलाएर अनतेष्टि (तस्बिर सहित हेर्नुहोस्)

Corona Update
तस्बिर सौजन्य– नेपाली सेना
सुदूर प्रेस संवाददाता

धनगढी– कोरोना सङ्क्रमणका कारण मृत्यु भएका २ जनाको शब नेपाली सेनाले आज जलाएर अनतेष्टि गरेको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा आज मृत्यु भएका कोरोना सङ्क्रमित धनगढी–२ बस्ने  ८४ बर्षिय यादु नाथ शर्माको शब गोदावरी आर्यघाटमा जलाएर अनतेष्टि गरेको हो । त्यस्तै टिकापुर नगरपालिका–१ बस्ने ९० बर्षिय मोहनबहादुर रावलको  शब टिकापुरकै दौलतपुर घाटमा जलाएर अनतेष्टि गरिएको छ । 

तेघरीमा रहेको श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा  जलाएर अनतेष्टि गरेको  गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।  धनगढीका संक्रमितको आज बिहान ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । कार्तिक २१ गते गरिएको परीक्षणमा उनको कोरोना रिपोट पोजेटिभ आएको थियो । उनी दम र निमोनिया बाट पनि ग्रसित थिए । अवस्था गम्भीर भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । 

टिकापुरका सङ्क्रमित सुगर र प्रेसर बाट ग्रसित थिए । २० गते गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएपछि उनलाई होम आइसोलेसनमा राखिएको थियो । आज बिहान ७ बजे उनको मृत्यु भएको हो । सुदूरपश्चिममा तेस्रो पटक कोरोना सङ्क्रमितको शब सेनाले जलाएर अनतेष्टि गरेको हो । यस अघि सम्म खाल्डोमा गाडेर शब व्यवस्थापन गरिँदै आएको थियो । जलाएर अनतेष्टि गर्नुपर्ने माग उठेपछि सेनाले सावधानी अपनाउँदै सबै समुदायको धार्मिक संस्कार अनुसार अनतेष्टि गर्न थालेको हो ।  

 

 

प्रकाशित:
2020/11/09, 7:42