धनगढीमा गरिएको परीक्षणमा आज थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा गरिएको परीक्षणमा आज थप ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२४ जनाको परीक्षण गरिएकोमा ३६ जनामा सङ्क्रमण पुष्टि भएको सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । सङ्क्रमित मध्ये २८ जना कैलालीका छन् । धनगढी उपमहानगरपालिकाका १९ जनामा सङ्क्रमण देखिएको छ । धनगढीको  वडा नम्बर ५ का ९ जना, वडा नम्बर २ का ५ जना, वडा नम्बर १ का २जना, यस्तै वडा नम्बर ३, ७ र १२ का एक एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।  गोदावरी नगरपालिकाका ५ जना  र लम्किचुहा नगरपालिकाका ४ जनामा समेत कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका २ जना, यस्तै बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिकाका १र१ जनामा समेत कोरोना पुष्टि भएको छ ।  उता डडेलधुराका २ जना र डोटीको केआईसिह गाउँपालिका–६ का एक जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । 

No photo description available.

 

 

 

प्रकाशित:
2020/11/10, 4:13