कञ्चनपुरको भावरमा एक थान भरुवा बन्दुक बरामद,प्रहरी देखेपछि सिकारी बन्दुक पड्काउँदै भागे

banduk
तस्बिर सौजन्य–सशस्त्र प्रहरी ।
सुदूर प्रेस संवाददाता

धनगढी–कञ्चनपुरको भावर क्षेत्रमा सशस्त्र प्रहरीले आज दिउँसो सिकारीको एक थान भरुवा बन्दुक बरामद गरेको छ । दिउँसो करिब ३ बजेतिर नं. ३५ गण झलारीबाट सशस्त्र प्रहरी निरीक्षक ईश्वरीदत्त भट्टको कमान्डमा खटिएको गस्ती टोलीले कृष्णपुर नगरपालिका–१ को भाबर क्षेत्रबाट एक थान भरुवा बन्दुक बरामद गरेको हो  । जंगलमा हातहतियार सहित वन्यजन्तुको चोरी सिकारी भइरहेको भन्ने विशेष सूचनाका आधारमा गएको टोलीले सिकारीलाई भने समात्न सकेन । प्रहरी टोली आएको थाहा पाएपछि सिकारी हरू एक थान बन्दुक फालेर फाइरिङ गर्दै भागेको प्रहरीको भनाइ छ । सोही भाबर बाट सशस्त्र प्रहरीले हिजो ६० क्यूफिट सालको गोलिया पनि बरामद गरेको थियो । उक्त गोलिया पहरीयामा रहेको जय गौरीशङ्कर सामुदायिक बनमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/12, 4:50