उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टद्वारा पोखरामा पेट्रोलियम डिपोको शिलान्यास

७८ करोड लागत, २ वर्षको समय
सुदूर प्रेस संवाददाता

पोखरा–नेपाल आयल निगमले गण्डकी प्रदेशबाट क्षमता विस्तार अभियान सुरु गरेको छ । भारतले लगाएको नाकाबन्दीको ५ वर्षपछि तथा निगमको अघिल्लो पटकको क्षमता विस्तार भएको १९ वर्ष र ३ महिनाको भण्डारण क्षमता बढाउने सरकारको निर्णय भएको ५ वर्षपछि पेट्रोलियम पदार्थको भण्डारणस्थल निर्माण सुरु गर्न लागेको हो । नेपाल आयल निगमले क्षमता विस्तारको पहिलो चरणअन्तर्गत गण्डकी प्रादेशिक कार्यालयमा १ करोड लिटर क्षमतायुक्त डिपोको निर्माण सुरु हुन लागेको हो । सो आयोजनाको बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका हुन् ।


आयोजना कार्यान्वयनको सबै पूर्वतयारी सकिएपछि बिहिबार सो आयोजनाको औपचारिक शिलान्यास गरिएको हो । बिहिबार मन्त्री भट्टले यसको शिलान्यास गरेका हुन् । मन्त्री भट्टले शिलान्यास गरेसँगै निर्माण कार्य तीव्रताका साथ अघि बढाउने तयारी गरिएको छ । शुक्रबारदेखि नै फिल्डमा डेढ सय जना कामदार भोलिदेखि नै खटिनेछन् ।

Image may contain: one or more people

७८ करोड लागत, २ वर्षको समय

उक्त डिपो निर्माणका लागि ठेक्का प्रक्रिया पूरा भइसकेको छ । डिपोका लागि नेपाली र भारतीय कम्पनीले जोइन्ट भेन्चरमा निर्माण गर्न जिम्मा दिइएको छ । नेपाली ठेकेदारहरु समानान्तर जेभी र रिलि गियर तथा भारतीय कम्पनी भारत ट्यांकले उक्त डिपो निर्माणको टेन्डर पाएका हुन् ।

डिपो निर्माणका लागि प्रस्तावित लागत भ्याटबाहेक कुल ७७ करोड ७७ लाख रुपैंयाको लाग्ने भएको छ । सो कम्पनीसँग २ वर्षभित्र कार्यसम्पादन गर्नेगरी सम्झौता भएको छ । तर, ठेकेदार कम्पनीले उक्त समयावधि अगावै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको आयोजना प्रमुख मनोज ठाकुरले जानकारी दिए ।

Image may contain: 2 people, outdoor

प्रकाशित:
2020/11/12, 8:25