बैतडी बस दुर्घटना अपडेट : मृतक ९ जनाकै सनाखत

Accident
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीको पाटन नगरपालिका– ८ खोड्पेमा गएराति बस दुर्घटनामा परि मृत्यु भएका ९ जनाको सनाखत भएको छ। दुर्घटना परी मृत्यु हुनेमा बैतडीको दोगडाकेदार– ६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ बर्षीया कृतिका कार्की र दार्चुलाको लेकम गाउँपालिका ४ का र्तकराज गिरी रहेका छन्। दार्चुलाको मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी,  धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए  ।

मृतक मध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 
सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रिफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दुर्घटनामा परेको हो। सानो घुम्तीबाट बस ६ सयमिटर जति तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन्। साहु समेत रहेका चालक बैतडीको दोगडाकेदार ७ खोचलेकका विरेन्द्र कार्की समेत घाइते रहेका छन्।

क्षमताभन्दा बढी यात्रु बोकेको  र बसका चालक निदाएकोले दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ। 

प्रकाशित:
2020/11/13, 11:45