बैतडीमा फेरी अर्को दुर्घटना, एक जनाको  मृत्यु

ACCIDENT
सुदूर प्रेस संवाददाता

बैतडी–बैतडीमा फेरी अर्को दुर्घटना हुँदा एक जनाको  मृत्यु भएको छ । पाटन नगरपालिका–४ जोलाबाँजमा लु४प ६१७१ नम्बरको ट्र्याक्टर आज दिउँसो  दुर्घटना हुँदा बर्दियाको बार बर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । ट्र्याक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेको  प्रहरीले जनाएको छ ।  बिहीबार राति मात्रै दार्चुलाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको पवनदुत यातायातको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ९ जनाको  मृत्यु भएको थियो । 
 

प्रकाशित:
2020/11/13, 2:21