धनगढी चौराहामा चौलानी मिनी मार्ट सञ्चालन

सुदूर प्रेस संवाददाता

धनगढी–चौलानी ग्रुप अफ कम्पनीजले आजदेखि धनगढीको चौराहामा पहिलो शाखा चौलानी मिनी मार्ट सञ्चालनमा ल्याएको छ । धनगढीको चौराहा क्षेत्रका ग्राहकको सुविधा र सहजताका लागि चौराहामा करिब एक करोडको लगानीमा चौलानी डिपार्टमेन्टल स्टोरको शाखा सञ्चालनमा ल्याएको चौलानी ग्रुप अफ कम्पनीजले जनाएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वडले चौलानी मार्टको उद्घाटन गरे । डिपार्टमेन्टल स्टोर सङ्गै कम्पनीजले निको रेस्टुरेन्ट, चौलानी पुस्तक भण्डार, स्विमिङ पुल, रेडमड कफी सप सञ्चालन गरिरहेको छ । कम्पनीजका अध्यक्ष मान सिंह साउँदले तिहारपछि धनगढीको मोती चौकमा दोस्रो मिनी मार्ट र चौलानी डिपार्टमेण्टल स्टोरको परिसरभित्र साउना स्टिम, जुम्बा सहितको फिटनेस सेन्टर पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए । डिपार्टमेण्टल परिसर भित्र कन्फ्रेस हल र पिज्जा स्टेसन पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।  

Image may contain: one or more people

No photo description available.

प्रकाशित:
2020/11/14, 3:16