आफैले पालेको राँगोले हान्दा डोटीमा एक जनाको मृत्यु

death
सुदूर प्रेस संवाददाता

धनगढी–डोटीमा आफैले पालेको राँगोले हान्दा एक जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका–१ का अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको स्थानीयले बताएका छन् । राँगोले हानेर  घाइते भएका विष्टको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/14, 6:54