डोटीमा करेन्ट लागेर एक बालकको ज्यान गयो

DEATH
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

डोटी – लक्ष्मी पुजाकै दिन डोटीको आदर्श गाउँपालिका–४ को पातकुट्टे भुवाँ गाउँमा करेन्ट लागेर एक बालकको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहका अनुसार शनिबार दिउँसो करिब तीन बजे बाख्रा चराउन गएका बेला स्थानीय १२ वर्षीय लोके नागरीको करेन्ट लागेर ज्यान गएको हो ।

गाउँमा विद्युत् विस्तार गरिएको लाइनको सर्पोट तार जमिनमा खुला छाडिएको र त्यो तार छुँदा करेन्ट लागेर नागरीको ज्यान गएको स्थानीयबासीले जानकारी दिनुभयो ।

‘विद्युत् प्राधिकरणको लापर्बाहीका कारण शनिबार तिहारको दिन मेरो छोराको ज्यान गयो, लापर्बाही गर्नेलाई कारबाही हुनुपर्छ’, मृतकका बुबा गणेश नागरीले भन्नुभयो । 

प्रकाशित:
2020/11/15, 6:14