कलाकार मनोज गजुरेलले कोरोना जिते

manoj
सुदूर प्रेस संवाददाता

धनगढी–हास्यकलाकार  मनोज गजुरेलले कोरोना जितेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले कोरोना सङ्क्रमण मुक्त भएको जानकारी गराएका छन् । 

उनले फेसबुक पेजमा लेखेकाका छन्–

धन्यवाद तथा आभार । ११ दिनको अस्पताल बसाई पश्चात् घर फर्किएर आराम गरिरहेको छु । कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वास्थ्य भएर काममा फर्कनेछु । यस क्रममा अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरू तथा सबै शुभचिन्तकहरूलाई अन्तर मनदेखि नै धन्यवाद । सकेसम्म यो महामारीबाट आफू जोगिऔँ । अरूलाई पनि जोगाऔँ । 

दीपावलीको सबैलाई शुभकामना ।

 

प्रकाशित:
2020/11/15, 8:56