कोभिड देउसी !

covid deusi
डा. हेम राज पनेरू

कोभिड देउसी !

भन भन भाइ हो,
पीसीआर गर।
कोभिड रोक्न,
लागि पर।

मान्छे जोगाउन
ट्रेसिङ्ग गर।
सबैले मास्क,
लाउने गर।
भाल्भ भाको मास्क,
बहिस्कार गर।
भौतिक दूरी,
कायम गर।
केही हुन्न भन्ने,
भ्रममा नपर।

भन भन भाइ हो,
पीसीआर गर।
कोभिड रोक्न,
लागि पर।

सास फेर्न गार्हो भए,
अस्पताल जाउ।
ज्वरो आइराखे,
अस्पताल जाउ।
द्विबिधा भए,
डाक्टर भेट।
जथाभावी एन्टिबायोटिक,
खाँदै नखाउ।

भन भन भाइ हो,
पीसीआर गर।
कोभिड रोक्न,
लागि पर।

अस्पतालमा बेड,
थप्नै पर्छ।
अक्सिजन बेड पनि,
थप्नै पर्छ।
आइसियु बेड पनि,
थप्नै पर्छ।
आइसियु हेर्ने,
डाक्टर थप।
आइसियु हेर्ने,
नर्स पनि थप।
अत्यावस्यक औषधिको,
आपूर्ति बढाउ।
कमिसनको चक्कर,
बन्द गर।

भन भन भाइ हो,
पीसीआर गर।
कोभिड रोक्न,
लागि पर।
मान्छे जोगाउन
ट्रेसिङ्ग गर।
सबैले मास्क,
लाउने गर।
भाल्भ भाको मास्क,
बहिस्कार गर।
भौतिक दूरी,
कायम गर।

भन भन भाइ हो,
पीसीआर गर।
कोभिड रोक्न,
लागि पर।


डा. हेम राज पनेरू
उप-प्राध्यापक तथा क्रिटिकल केयर (आइसियु) फिजिसियन
त्रि. बि. शिक्षण अस्पताल, काठमाण्डौँ
२०७७।०७।३० आइतवार 


 

प्रकाशित:
2020/11/15, 4:15