बाजुरामा भिर लडेर एकको मृत्यु

Death
सुदूर प्रेस संवाददाता

बाजुरा–बाजुराकाे बडिमालिका नगरपालिकामा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका– ९ का शेरबहादुर बडुवाल रहेको स्थानीयले जानकारी दिएका छन् । स्थानीयका अनुसार आइतबार राति १० बजे अत्यधिक मदिरा सेवन गरी राप्कबजारबाट घर जान हिँडेका उनी भिरबाट लडेका हुन् । 

सोमबार बिहान बाटोमा शेरबहादुरका सामान, मोबाइल, झोला र टोपी फेला परेपछि उनको खोजी भएको थियो ।  भिरमा खोज्ने क्रममा उनी मृत अवस्थामा फेला परेका थिए। 

प्रकाशित:
2020/11/16, 3:56