हङकङ आगलागी : मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, ७ जना नेपालीको सनाखत

ago

काठमाडौं–हङकङको कार्मालोन क्षेत्रमा पर्ने जोर्डन भन्ने ठाउँमा नेपालीद्वारा सञ्चालित  रेस्टुरेन्टमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। मृत्यु हुनेमध्ये सबै नेपाली रहेको साहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिए। मृत्यु हुनेहरुमा तीन नेपाली परिवारभित्रका रहेको पनि  गुरुङले बताए। मृत्यु हुनेमध्ये ७ जना नेपालीको भने सनाखत भइसकेको छ। आगलागीमा परी मृत्यु हुनेमा ३८ बर्षीय युवराज कँडेल, १३ बर्षीय कृतिका कँडेल, ३५ बर्षीय राजबाबु नेपाल, ९ बर्षीय रियान नेपाल र ३९ बर्षीय शेरबहादुर गुरुङ छन। यसैगरी, ३२ बर्षीय अनिता निरौला र ४० बर्षीय विनिता तामाङको पनि मृत्यु भएको सहारा हङकङका अध्यक्ष दिपक गुरुङले जानकारी दिए। अरु मृतकको सनाखत हुन बाँकी रहेको छ।

अध्यक्ष गुरुङका अनुसार अरु ३ जना पुरुष र ४ जना महिलाको अबस्था गम्भीर रहेको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ।

जिरे खुर्सानी नामक सो रेष्टुरेन्टमा आइतबार राति आगलागी भएको थियो। तिहारको दिपावलीका साथै  जन्मदिन  मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगोलागी भएको बताइएको छ ।

प्रकाशित:
२०७७ मंसिर , ०७:४९
SPA
KN
Priya Gahana Pasal