धनगढीमा प्रहरी हत्याका अभियुक्तलाई कोरोना सङ्क्रमण, अदालत उपस्थित गराउन ढिलाइ

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीको घुइयाघाट सिमानाकामा गस्तीमा खटिएका प्रहरी हत्यामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कैलालीको थुनुवा कक्षमा रहेका एक जना अभियुक्तलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक साता अघि गरीएको परिक्षणमा उनलाई सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनी अहिले प्रहरी कार्यालय भित्रैको आइसोलेसनमा छन् । उनलाई सङ्क्रमण भएकै कारण प्रहरी हत्याको मिसिल तयार भए पनि प्रहरीले अदालतमा उपस्थित गराउन सकेको छैन । १४ दिन पुगेपछि उनको परीक्षण गर्ने र रिपोट नेगेटिभ आएपछि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । गत कार्तिक  १ गते राती नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोस्ट जगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र जवान राम बहादुर साउदको उनी लगायत तस्कर समूहले हत्या गरिएको थियो ।हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले ८ जनालाई पक्राउ गरिसकेको छ । 

यसै बिच जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका अन्य १६ जनालाई पनि सङ्क्रमण देखिएको थियो । ती मध्ये १३ जनाको रिपोट नेगेटिभ आइसकेको प्रहरीले जनाएको छ । 

प्रकाशित:
2020/11/18, 1:33