धनगढी–‘थ्रोट स्वाब’ सङ्कलन नहुँदा पछिल्लो २४ घण्टामा धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक जनाको पनि कोरोना परीक्षण हुन सकेको छैन । तिहारको दिन ‘थ्रोट स्वाब’ संकलन नभएका कारण परीक्षण नभएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए । हिजो बाट स्वाब सङ्कलन सुरु भइसकेको उनले बताए । परीक्षण गर्नका लागी कम्तीमा एक सय वटा ‘थ्रोट स्वाब’ चाहिन्छ सूचना अधिकारी श्रेष्ठले भने–हिजो ४५ जनाको मात्रै सङ्कलन भयो त्यस कारण परीक्षण हुन सकेन । आजबाट नियमित परीक्षण सुरु भइसकेको उनले जानकारी दिए ।
आजको मिति