धनगढीमा मृत्यु भएका कोरोना सङ्क्रमितको सेनाले यसरी गर्‍यो गोदावरी घाटमा अनतेष्टि (हेर्नुहोस् तस्बिर)

Corona Update

तस्बिर सौजन्य नेपाली सेना

सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा उपचारका क्रममा गए राती मृत्यु भएका कोरोना सङ्क्रमितको आज गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ । गोदावरी नगरपालिका–४ का ७३ वर्षीय पुरुषको गए राती करिब साढे १२ बजे उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

तेघरीमा रहेको श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा  जलाएर अनतेष्टि गरेको  गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए । 

उनलाई बुधवार  उपचारका लागी सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । दिउँसो स्वाब  सङ्कलन गरियो र राती रिपोट पोजेटिभ आएको थियो ।  उनमा निमोनिया सम्बन्धी  समस्या थियो ।  यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

 

प्रकाशित:
२०७७ मंसिर , ०३:११
SPA
KN
Priya Gahana Pasal