कर्मचारीलाई कोरोना देखिएपछि धनगढीमा रहेको बैंक अफ काठमाण्डु  शिल

bank

धनगढी–धनगढीमा रहेको बैंक अफ काठमाण्डु  लिमिटेडका कर्मचारीलाई कोरोना सङ्क्रमण देखिए पछि बैंक शिल गरिएको छ । हिजो एक जना कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि बैंक शिल गरिएको हो । हिजो दुई घण्टा मात्रै बैंक खुलेको थियो । एकजनालाइ सङ्क्रमण देखिएपछि बैंकका अन्य सबै कर्मचारी पिसिआर परीक्षणका लागी स्वाब दिएर होम क्वारेनटाइनमा बसेका छन् । बैंकको एटिएम सेवा भने चालु छ । एक जना गार्डले बैंक रेखदेख गरी रहेका छन् । सबै कर्मचारीको रिपोट नेगेटिभ आएपछि मात्रै तिन दिन पछि बैंक खुल्ने एक जना कर्मचारीले जानकारी दिए ।  

 

प्रकाशित:
2020/11/20, 11:17