धनगढीमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु

फाइल तस्बिर

धनगढी–धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना महिला कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।  गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । गत कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनी मिर्गौला सम्बन्धी रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ । नेपाली सेनाले उनको शव व्यवस्थापन गर्दैछ । 

प्रकाशित:
2020/11/20, 12:35