अरिङ्गालले टोकेर गम्भीर घाइते बनेकालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

तस्बिर सहित
ghite
सुदूर प्रेस संवाददाता

धनगढी–अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका एक जनालाई धनगढीबाट थप उपचारका लागी आज हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । अछामको बान्निगढि जयगढ गाउँपालिका वडा नं. ५ सुगालीका  ४८ वर्षीय गोकर्ण रावललाई सेती प्रादेशिक अस्पतालबाट आज दिउँसो भेन्टिलेटर सहित हेलिकप्टरमा  काठमाडौँको लगिएको हो । उनलाई २ गते राती घर नजिकै अरिङ्गालले टोकेको थियो । लगत्तै स्थानीय बयल पाटा अस्पताल  पु-याइएका उनलाई हिजो बिहान सेती अस्पताल पुगाइएको थियो । अवस्था सुधार नआएपछि आज सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराको पहलमा हेलिकप्टरबाट काठमाडौँको ग्राण्डि अस्पताल लगिएको मन्त्री वोहराका स्वकीय सचिव पङ्कज शाहले बताए ।  हेलिकप्टरको खर्च सुदूरपश्चिम प्रदेश सरकारले बेहोर्ने गरी उनलाई पठाइएको शाहले बताए । 

Image may contain: one or more people, people standing, sky, outdoor and nature

Image may contain: one or more people and people sittingImage may contain: one or more people, sky, nature and outdoorImage may contain: one or more people and outdoor

प्रकाशित:
2020/11/20, 3:38