धनगढीमा मृत्यु भएका दुई जना कोरोना सङ्क्रमितको सेनाले गर्‍यो अनतेष्टि 

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–धनगढीमा उपचारका क्रममा शुक्रवार मृत्यु भएका दुई जना कोरोना सङ्क्रमितको कैलालीको गोदावरी घाटमा नेपाली सेनाले अनतेष्टि गरेको छ । तेघरीमा रहेको श्री भवानी दल गण बाट सह सेनानी नबल सिंह रोकायको कमान्डमा खटिएको टोलीले सुरक्षाका सबै उपाय अपनाउँदै मृतकका आफन्त र स्थानीयको उपस्थितिमा  हिन्दु संस्कार अनुसार जलाएर अनतेष्टि गरेको  गणका प्रमुख सेनानी विकास केसीले जानकारी दिए । 

धनगढी उपमहानगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको आज अपराह्न १२ बजे उपचारका क्रममा  अस्पतालमा मृत्यु भएको थियो । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि गत कार्तिक २५ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनमा डायबिटिज रोगको समेत समस्या थियो ।  

यस्तै गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको बिहान १० बजेर २५ मिनेटमा अस्पतालमा मृत्यु भएको थियो ।  गत कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनी मिर्गौला सम्बन्धी रोगबाट समेत ग्रसित रहेको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यो सँगै सुदूरपश्चिम प्रदेश भित्र मात्रै कोरोना सङ्क्रमणका कारण आज सम्म ३५ जनाको मृत्यु भएको सामाजिक विकाश मन्त्रालयका प्रवक्ता नरेन्द्र सिंह कार्कीले बताए । 

 

प्रकाशित:
2020/11/20, 6:53