सुदूरपश्चिममा शुक्रवार थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि,१२ जना डिस्चार्ज

Corona Update
सुदूर प्रेस संवाददाता

धनगढी–सुदूरपश्चिम प्रदेशमा शुक्रवार  थप ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल बैतडी र अछामको कमल बजार नगरपालिकाको  प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६३ जनाको परीक्षण गर्दा थप ६३ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । 

यस्तै आज विभिन्न अस्पतालबाट १२ जना निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालबाट ३ जना,कञ्चनपुरबाट ६ जना र बैतडीबाट ३ जना गरी १२ जना डिस्चार्ज भएको कार्कीले जानकारी दिए । 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय २२ जनाको परीक्षण गर्दा  ३८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै डडेलधुरा अस्पताल प्रयोगशालामा ९४ जनाको परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको छ । 

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा २५ र अछामको कमल बजार नगरपालिकाको प्रयोगशालामा परीक्षण गरिएका २२ जनाको रिपोट नेगेटिभ आएको छ । 

यो सँगै सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । प्रदेशभर सङ्क्रमितको सङ्ख्या १० हजार ६६९ पुगेको छ । प्रदेशभर सङ्क्रमण पुष्टि भएका झन्डै ८ हजार ८ सय ६१ जना सङ्क्रमण मुक्त भएका छन् । हाल सम्म प्रदेश भरी ३५ जनाको मृत्यु भएको छ ।  

यस्तै शुक्रवार कोरोना सङ्क्रमणबाट कैलालीमा २ जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका र धनगढी उपमहानगरपालिकाका २ जनाको मृत्यु भएको हो । 

 

प्रकाशित:
2020/11/20, 9:32