कोरोना सङ्क्रमण बढेपछि भारतका केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु

indiya

एजेन्सी–भारतकाे मध्यप्रदेशको केही सहरमा आजदेखि रातको समयमा कर्फ्यु लाग्ने भएको छ ।  

कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले मध्यप्रदेश सरकारले आजदेखि लागू हुने गरी रातको समयमा केही सहरमा कर्फ्यु लगाउने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । इंदौर, भोपाल, ग्वालियर,विदिशा र रतलाम सहरमा आजदेखि लागू हुनेगरी राति १० बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिने मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले जानकारी दिनुभयो ।

अति आवश्यक सेवामा जोडिएका मानिस र फ्याक्ट्रीका मजदुर भने राति पनि हिँड्न पाउनेछन् । अहमदाबाद सरकारले हिजोदेखि लागू हुनेगरी रातको ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेशको घोषणा गरिसकेको छ । तर नागरिकले भने कर्फ्युको विरोध गरेका छन् ।

प्रकाशित:
2020/11/21, 7:07