पेन्सन बुझ्ने नेपालीका लागी बैतडीको झुला घाट नाका ५ दिन खोलिने

सुदूर प्रेस संवाददाता

बैतडी–भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ। यही मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए। भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको हो।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको नेगीले बताए।

पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन्। नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने नेगीको भनाइ छ।

बैतडीमा भारतीय पेन्सनधारी नागरिकको संख्या  १२ सयभन्दा बढी छ। नाका खुलेपछि उनीहरूले ५ दिनभित्र पेन्सन बुझिसक्नु पर्नेछ। नाकामा पेन्सनधारीहरुले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

प्रकाशित:
२०७७ मंसिर , १२:१४
SPA
KN
Priya Gahana Pasal