धनगढी– धनगढीका योग गुरु तथा व्यवसायी सुभाष बम (मुस्कान) लाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिका–२ निवासी बम लाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो ।
बम पतञ्जलि योग समिति कैलालीका युवा प्रभारी तथा धनगढीमा रहेको सञ्जीवनी मोबाइल ग्यालरीका प्रोप्राइटर पनि हुन । बम अहिले होम आइसोलेसनमा बसेका छन् । सुदूर प्रेस सँग कुरा गर्दै योग गुरु बमले सामान्य ज्वरो र खोकी लागेको बताएका छन् ।
योग गुरु बम धनगढी उपमहानगरपालिका वडा नम्बर–२ का अध्यक्ष नर बहादुर बमका छोरा हुन ।
अध्यक्ष बम लाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुवै जनालाई लाई शनिवार कोरोना सङ्क्रमण पुष्टि भएको भएको हो । उनी पनि अहिले होम आइसोलेसनमा बसेका छन् ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको परिवारजनले बताएका छन् ।