कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Accident
प्रतिकात्मक तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  बेलौरी नगरपालिका –६ स्थित हात्ती बोझामा आइतबार बेलुकी पौने ८ बजेतिरको समयमा पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए । 

मृतक चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएकामा राति पौने ९ बजेतिरको समयमा मृत्यु भएको प्रवक्ता थापाले बताए । 

चन्दसँगै मोटरसाइकलमा सवार हात्ती बोझाकै उमेश विष्ट घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । 

प्रकाशित:
2020/11/23, 8:34