कञ्चनपुरमा पर्चा पम्पलेटसहित विप्लवका कार्यकर्ता पक्राउ

फाइल तस्बिर
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरमा प्रतिबन्धित विप्लव समूहका एक जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

भीमदत्त नगरपालिका मटेना बस्ने बर्ष २२ का दीपेन्द्र सिंह ऐरीलाई ना२८प ३८४५ नम्बरको यामाहा मोटरसाकइल प्रयोग गरी ब्रम्हदेव हाइवेदेखि महेन्द्रनगरतर्फ पर्चा छर्दै गरेका बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीले बताए। 

पर्चा छर्दै गरेका बेला प्रहरीलाई देखी भाग्दै गरेको बेला प्रहरी कार्यालयबाट खटिएको टोलीले खानतलासी लिदा नेपाल सरकार द्वारा प्रतिबन्धित विप्लव समूहको एकिकृत ७ औं पार्टी पुनर्गठन दिवश भव्य रुपमा मनाऔं लेखिएको तीन थान पर्चा र छ थान अपिल फेला पारिएको उनले बताए।

प्रकाशित:
2020/11/24, 5:46