चन्द्रागिरी हिल्सको आइपीओ मंसिर १७ देखि बिक्री खुल्ने

chandragiri
सुदूर प्रेस संवाददाता

काठमाडौँ–चन्द्रागिरी हिल्स लिमिटेडले २०७७ मंसिर १७ गते देखि आईपीओ निष्काशन गर्ने भएको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानियलाई जारी गरेको छ । निष्काशन बन्द छिटोमा षौष १ गते र ढिलोमा षौष १६ गते हुनेछ ।

२% अर्थात् ३ लाख ६ हजार ८१९ कित्ता प्रति सेयर रु १०० रुपैयाका दरले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिएको छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं.३,४, ६ र ७  साविक थानकोट गाविसाका सम्पूर्ण वडा र साविक महदेवस्थान गा.वि.स.को वडा नं. ३,४,५,६,७,८, एवं मकवनपुर जिल्लाको थाहा नगरपालिका वडा नं. ९ र १० का नागरिकले मात्र आवेदन दिन सक्नेछन् ।

दोश्रो चरणमा १०% अर्थात् १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि सुरक्षित गरिएको छ । कम्पनीले सर्वसाधारण र स्थानियलाई गरी कुल १८,४०,९१० कित्ता सेयर रु १८ करोड ४० लाख बराबरको आईपिओ निष्काशन गर्नेछ।

विक्री प्रबन्धकको रुपमा ग्लोबल आईएमई क्याटिललाई नियुक्ति गरेको छ । इच्छुक आवेदकले १० कित्ता देखि अधिकतम ३०६० कित्ता सम्म आवेदन दिन सक्नेछन् ।

आईपीओ जारी पश्चात कम्पनीको चुक्तापुंजी १ अर्ब ५३ करोड पुग्नेछ । त्यस मध्य ८८५ सेयर संस्थापकहरुको रहनेछ ।

प्रकाशित:
2020/11/25, 8:48