कञ्चनपुरमा भन्सार छलेर भित्र्याइएको झन्डै २ लाखको अवैध सामान बरामद

सुदूर प्रेस संवाददाता

कञ्चनपुर– सशस्त्र प्रहरीले कञ्चनपुर नाका भएर भारत बाट भन्सार छलेर नेपाल भित्र्याइएको झन्डै २ लाखको अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी नायव निरीक्षक त्रिभुवन विष्टको कमान्डमा खटिएको टोलीले बेल डाँडी गाउँपालिका वडा नम्बर ३ र ५ को नेपाल–भारत सीमा क्षेत्र भीमदत्त नगरपालिकाको वडा नम्बर ९ मटैना क्षेत्र तथा बेलौरी नगरपालिका वडा नम्बर ८ को देविघाट क्षेत्रबाट १ लाख ७८ हजार ३ सयको अवैध सामान बरामद गरेको हो । 

भन्सार छली नेपाल ल्याएका बिडी, प्याज, स्वीट सुपारी, चिनी, बोईलर कुखुरा र माछा लगायतका अवैध सामान बरामद गरिएको  सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले जानकारी दिए ।   

अवैध सामान गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको उनले बताए । 

प्रकाशित:
2020/11/26, 6:40