कञ्चनपुरको महेन्द्रनगर बजारमा युवक मृत फेला,घटना रहस्यमय

hatya
सुदूर प्रेस संवाददाता

कञ्चनपुर–कञ्चनपुरको महेन्द्रनगर बजारमा घाँटीमा तारको पासो बेरिएको अवस्थामा आज बिहान  एक जना मृत फेला परेका छन् । 

भीमदत्त नगरपालिका –४ महेन्द्रनगर बजार स्थित वडा प्रहरी कार्यालय नजिकै  फुल घेर बार गर्न बनाइएको बेरामा घाँटीमा तारको पासो बेरिएको अवस्थामा  शव भेटिएको  प्रहरीले जनाएको छ। उनको अहिले सम्म पहिचान खुलेको छैन । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले  करिब ‘बिहान ६ बजेर ५० मिनेटको समयमा भानु पार्टी प्यालेस नजिकै टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा युवक मृत भेटिएको बताए ।  घटनास्थल सिल गरेर प्रहरीले अनुसन्धान थालेको छ । घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुनसक्ने प्रहरीको आशङ्का छ । 

 

प्रकाशित:
2020/11/27, 9:10